"************“ जे गर्छौ, मानिसको निम्ति गरे जस्तो होइन, तर प्रभुयेशूख्रीष्टको निम्ति गरे जस्तो दिलोज्यानले गर ” – बाईबल (कलस्सी ३ अध्याय,२३ पद) *************

ख्रिष्टमसको शुभकामना सन्देशहरु 
"Merry Christmas and Happy New Year 2022"

       
अध्यक्ष, धरान इसाई दिदीबहिनी संगति        Green Heart Restaurant, Dharan

  
अध्यक्ष, धरान इसाई पास्टर अगुवा संघ             अध्यक्ष, धरान इसाई समाज                                                        

  
       प्रवक्ता, धरान इसाई समाज                      सचिव, धरान इसाई समाज  

   
काेषाध्यक्ष, धरान इसाई पास्टर अगुवा संघ    अध्यक्ष, धरान इसाई युवा संगति  

आजिवन सदस्य, धरान इसाई समाज
‍‍‍==================================================================          
  
(ईटहरीको बाढी प्रभावित क्षेत्रमा समाजले गरेको सरसफाईको साराँश भिडियो)

Blood Grouping कार्यक्रम:

 

२०७७ चैत्र १६ गते सोमबार -  दर्शन ईभान्जलिकल कंग्रिगेसन चर्च, धरान  - ११ मा  Evangelical Congregation Church of Nepal (ECCN) को एकदिने Youth Fellowship आयोजना गरिएको छ । ECCN का Director Rev. Th Jhanga ज्यूको उपस्थितिमा ECCN चर्चका पास्टर ज्यूहरु सहित विभिन्न ठाउँहरुबाट उक्त चर्चका यूवाहरु सहभागी भएका थिए । ECCN  यूवा कमिटिमा Chairman Pastor Titas Karki (Darsan EC Church, Dharan - 11), Secretary Ashish Tamang (Bethal EC Church, Dharan - 5), र Treasurer Riya Rai (Bethal EC Church, Dharan - 5) हुनुहुन्छ । उक्त अवसरमा  धरान इसाई समाजले सहभागी १२३ जना युवाको  Blood Grouping को कार्य गरेकाछन् । उपचारको क्रममा Blood  को  आवश्यकता परेमा समाजबाट आवश्यकतामा परेकाहरुलाई Fresh Blood उपलव्ध गराई सहयोग गर्ने उद्देश्य सहित समाजले सन्चालन गरिरहेको यो दोस्रो Blood Grouping  कार्यक्रम हो ।  यस भन्दा पहिले चर्च अफ गडमा धरान इसाई जवान 

ज्ञान विकाश रनिङ्ग शिल्डको आयोजना :


धरान इसाई समाजद्धारा अन्तर चर्चहरुमा "पहिलो ज्ञान विकाश रनिङ्ग शिल्ड" को आयोजना गरेका छन् । बेथलेहम चर्च, धरान - ५ मा आयोजना गरिएको यस प्रतियोगितामा बेथल चर्च बिजय हुनुभएका थिए ।  इसाईहरुमा सामान्या ज्ञानको समेत जानकारी होस भन्ने उद्देश्य सहित आयोजना गरिएको यस प्रतियोगिताका पूरस्कारका प्रायोजक डिकन श्री अशोक शाही, चर्च अफ गडबाट हुनुहुन्छ । 

समाजका प्रवक्ता श्री सुवास थुलुङ्गको परिकल्पनामा तयार गरिएको यस कार्यक्रमको एेतिहासिक शूरु धरान इसाई समाजले गरेका छन् । यसलाई निरन्तरता दिईरहनेछ । धन्यवाद । 

Blood Grouping कार्यक्रम

२०७६ फाल्गुन २४ गते (मार्च ७, २०२०) शनिवार - धरान इसाई समाजद्धारा चर्च अफ गड, धरानमा Blood Grouping को कार्यक्रम आयोजना गरेका छन् । इसाईहरुको माझमा Blood Donation को धेरै कार्यक्रमहरु भएता पनि Blood Grouping गर्ने कार्य भने पहिलो पटक भएको हो ।  धरानका यूवाहरुको मासिकरुपमा हुने बृहत भेला अर्थात धरान इसाई जवान संगतिका यूवाहरुको लागी तयार गरिएको यस कार्यक्रममा १२५ जना यूवाहरुले Grouping गराएका थिए ।

धरान इसाई समाजको छैठौ साधारण सभा


रेभ. टिएच जाङ्गा
२०७६।०६।१० गते शुक्रवार - धरान इसाई समाजले आफ्नो छैठौ साधारण सभा अनुग्रह चर्च, धरान - १५ मा सम्पन्न गरयो । समाजका ६० जना सदस्यहरु सहभागी भएको यस कार्यक्रम नेपाली राष्ट्रिय गित गाएर शूरुवात गरेका थिए । परमेश्वरलाई महिमा दिन बुद्धिमान राईको नेतृत्वमा तयार भएका धरानका विभिन्न चर्चका सदस्यहरुको साँगितिक समुहले उपस्थित सबैलाई Worship मा अगुवाई गरेका थिए । परमेश्वरको नजिक पुग्न र उहाँको प्रेमको  गहिराईमा पुरयाउन साँगितिक समुहले सबैलाई डाेरयाएका थिए । समाजका अध्यक्ष कमल हयुज राईको अध्यक्षतामा  गरिएको यस कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता आदरणीय रेभ. टि एच जाङ्गा हुनुहुन्थ्यो । मानिसको जिवनको उद्देश्य के हो भन्ने कुरालाई पवित्र धर्मशास्त्र बाईबलबाट अति नै सरल भाषामा आशिषमय प्रवचन दिनू भएको थियो ।

स‌ँविधान दिवशमा समाज

:
मिति २०७६ साल असोज ३ गते, शुक्रबार -  हाम्रो देश नेपालको सँविधान दिवशको अवसरमा आज बिहान ७ बजे धरान इसाई समाजले समाजका पदाधिकारीहरु, सँरक्षकहरु र सल्लाहकारहरु समाजको कार्यालयमा जम्मा भएर राष्ट्रिय गीत गाएर सँविधान दिवशको कार्यक्रमको शूरुवात गरेका थिए । हामी र हाम्रा अग्रजहरुको प्रार्थनाद्धारा परमेश्वरले हामीलाई हाम्रो देशमा सँविधान दिनू भएको छ । जसमा हामी अत्यन्तै हर्षित र खुशी छौ । त्यसैले समाजले आज एकसाथ भेला भएर सँविधानको निम्ति परमेश्वरलाई धन्यवाद चढाए ।  सँविधानमा धर्मनिरपेक्ष भनेर उल्लेख गरिएको छ । यो हामी इसाईहरुको निम्ति खुशीको शूरुवात हो । अन्धकार रातपछि नयाँ उत्साह बोकेर आएको सुन्दर विहानी हो । देश आशिषित बन्ने अवसर हो ।
त्यसैले यस अवसरमा हाम्रो देश, नेपाली दाजुभाईदिदीबहिनीहरु र सरकारको निम्ति हामी इसाईहरु एकै मनका भएर धरान इसाई समाजको तर्फबाट समाजको स‌ँरक्षक एवम सदस्य पास्टर पर्शू गूरुङ्ज्यूको नेतृत्वमा प्रार्थना गरेका छन् । प्रार्थना पश्चात नेपालको राष्ट्रिय झण्डा फहराएर खुशीयाली मनाएका थिए । यस कार्यक्रमको सन्चालन समाजका सचिव श्याम शाही ठकूरीले गर्नू भएको थियो । धन्यवाद। 

  

   



पास्टर लक्ष्मण खड्का ज्यूलाई आर्थिक सहयोग:


सहयोग रकम लिनू हुँदै पास्टर लक्ष्मण खडका ज्यू...
२०७६।०२।२१ गते मंगलबार - धरान इसाई समाजका पदाधिकारीहरुद्धारा प्रार्थना चर्च दमकका आदरणीय पास्टर लक्ष्मण खडका ज्यूलाई उहाँको निवासमा भेटेका छन् । उहाँ लामो समय देखी दुईवटै मृगौला काम नगर्ने भएर गम्भिर विरामी परिरहनू भएको छ। उहाँलाई भेटघाट गरि प्रर्थना गर्न र आर्थिक सहयोग पुरयाउन समाजको प्रतिनिधित्व गर्दै जानू भएका पास्टर महेन्द्र थापा र पास्टर विक्रम खड्काद्धारा समाजको तर्फबाट उहाँलाई सानो  आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । उहाँलाई यस अवस्थामा हामी सबैको प्रार्थनाको आवश्यकता भएको हुनाले उहाँको निम्ति निरन्तर प्रार्थनामा याद गरिदिन हुन हामी सबैमा विनम्र अनुरोध गर्दछौ । इसाईहरुको प्रतिनिधित्य गर्न मानविय सेवाको निम्ति समाजमा आवद्ध हुनुभई हात बढाउनु हुने मण्डलीका सम्पूर्ण सहयोगी मनहरुलाई परमेश्वरले प्रशस्त आशिष दिउन् । यहाँहरु सबैमा समाज हार्दिक धन्यवाद ज्ञापन गर्दछ। धन्यवाद ।



सिम्लेमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर:


(डा धनकेशर खड्का विरामी जाँच्नु हुँदै)
२०७५।१०२८ (११ फेब्रवरी २०१९) - सोमबार धरान इसाई समाजको आयोजना तथा वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक तथा प्राविधिकहरुको सहयोगमा उदयपुर, भोजपूर र धनकूट्टा जिल्लाको संगमस्थल सिम्लेमा  एकदिने नि:शुल्क स्वास्थ्य शिविर सन्चालन गरियो । शिविर संचालनको निम्ति आर्तिस राईले समन्वय गरि शिविर आयोजनाको संयोजनको भुमीका निर्वाह गर्नु भएको थियो ।  विभिन्न ५ वटा रोगहरु, चर्म तथा याैनरोग (Dermatology & Venereology), नेत्ररोग (Ophthalmology), बालरोग (Paediatrics & Adolescent Medicine), दन्तरोग (Dentistry) र जेनेरल फिजीसियन (General Practice & Emergency Medicine)  का जम्मा १२ जना विशेषज्ञ चिकित्सक, नर्सिङ् कर्मचारी, प्राविधिक कर्मचारीहरु सहित चर्चका धर्मगुरु, समाजका पदाधिकारी तथा सदस्य र सयमसेवकहरु शिविरमा संलग्न भएका थिए ।
(स्वास्थ्य शिविरमा विरामी ल्याउँदै...)
 यस शिविरमा विभिन्न स्थानबाट उपचारको निम्ति आएका  ४७६ जनाले उपचार सेवा पाएका थिए । शिविरको निम्ति सहभागी चिकित्सकहरु डा धनकेशर खड्का (विशेषज्ञ, चर्म तथा यौनरोग), डा भुवन गोविन्द श्रेष्ठ (विशेषज्ञ, नेत्ररोग), डा अरुण कुमार सिंह (विशेषज्ञ, बालरोग), डा सन्तोष कुमारी अग्रवाल (विशेषज्ञ, कम्युनिटि डेन्टिष्ट्री),  डा गणेश अग्रवाल (नेत्ररोग विभाग), डा कमल प्रसाद आचार्य (चर्म तथा याैनरोग विभाग), डा चन्द्र श्रेष्ठ (नेत्ररोग विभाग), डा मिलन श्रेष्ठ (जेनेरल प्राक्टिस एण्ड ईमर्जेन्सी मिडिसिन विभाग),   डा कृष्ण सुबेदी (दन्तरोग विभाग), डा उज्वल गोतम (दन्तरोग विभाग), डा नरेस प्रसाद जोशी (दन्तरोग विभाग) र डा रेशम कोईराला (दन्तरोग विभाग) सहभागी हुनुहुन्थ्यो । त्यस्तै नर्सिङ् कर्मचारीहरु श्री निशा श्रेष्ठ, श्री आमिन जिमी राई र श्री एलिना राई सहभागी हुनुहुन्थ्यो । श्री राजकुमार बराल, प्राविधिक (नेत्ररोग विभाग) र श्री लखीराम सोरेन, प्राविधिक (क्लिनिकल ल्याबा) प्राविधिक कर्मचारी सहभागी भएका थिए । साथै कार्यक्रमको सबै समाचारहरुको सम्प्रेसन हाम्रा शुभचिन्तक  तथा स्वातन्त्र पत्रकार श्री आन्नद श्रेष्ठले गर्नू भएको थियो । 

विदाई कार्यक्रम (Farewell Programme):


२०७५ साल असोज ९ गते मंगलबार -  धरान इसाई समाजद्धारा समाजको सक्रिय सदस्य सूश्रि ज्योति परियार र श्री बिक्रम राउत,  धरानमा बसेर वी पी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मेडिकल ईमेजिङ्मा स्नातकको अध्ययन पूरा गरेर आफ्नो घर काठमाण्डौ फर्कन लागेकाछन् । उहाँहरुको निम्ति प्रार्थना गर्न समाजले विदाई कार्यक्रम आयोजना गरेको थियो ।  उक्त कार्यक्रममा  समाजका संस्थापक एवम् संरक्षक ज्यूहरु विशप ज्योति थूलूङ् राई, पास्टर परशू गूरुङ्, पास्टर नरहरि साम्पाङ् राई, सल्लाहकार सदस्य ज्यूहरु पास्टर महेन्द्र थापा,

बेलबारीमा सु-समाचारीय साँगितिक कार्यक्रम - २०७४


एल्र्डर राजु मास्के ज्यू (दाँया), रेभ दानिएल सुब्बा ज्यू (बाँया)
२०७४ माघ २६ बेलवारी धरान इसाई समाजद्धारा आयोजित महान शहीदहरुको सम्मानमा सु-समाचारीय साँगितिक कार्यक्रम - २०७४ सम्पन्न भयो । नेपाली होसन्न चर्च, हङ्कङ्का आदरणिय एल्डर राजु मास्के ज्यू तथा परिवारको प्रायोजनमा बेलवारी नगरपालिका वडा न १ मा अवस्थित श्री शहीद स्मृति आधारभूत विधालयमा अध्ययनरत विधार्थीहरुको मानसिक तथा बौद्धिक विकाशको निम्ति शैक्षिक तथा खेलकुदका सामग्रीहरु लगायत बालकक्षाको लागी घोडा १२ वटा, पंखा ३ थान, मन्टेस्सरी कक्षाको लागी ३’x फिटको टेबल ४ थान, abcd/1,2,3,4 काठको ब्लग ६ थान, स्टिल दराद १ थान, रिभल्भिङ्ग चियर १ थान, अफिस टेबल १ थान,  १० ग्रूस पेन्सिल, १२ दर्जन कपि, ६ ग्रूस कलर पेन्सिल, फूटबल ५ थान, भलिबल ३ थान र हावा लगाउने पम्प १ थान उक्त विधालयलाई प्रदान गरेका छन् ।

समाजद्धारा मायाको चिनो

(मायाको चिनो ग्रहण गर्नूहुँदै उमेश मिप्चन ज्यू,- दाँया)
समाजको सल्लाहकार तथा सदस्य एवम् चर्च अफ गढका आदरणिय डिकन उमेश मिप्चन ज्यूलाई धरान इसाई समाजद्धारा आयोजित ख्रिष्टमस कार्यक्रम २०१७  मायाको चिनो प्रदान गरेका थिए ।  उहाँको व्यास्तताको कारण कार्यक्रम स्थलमा रहनू हूँदाहूँदै पनि आकस्मिक रुपमा बाहिरा पूग्नू पर्ने अवस्था सिर्जना भएको हुनाले उक्त अवसरमा उहाँलाई समाजले मायाको चिनो प्रदान गर्न सकेकाथिएनन् । उहाँ समाजदेखी बाहेकको सामाजिक काममा समेत प्रत्यक्षरुपमा संलग्न भई कार्य गरिरहनू भएको भएता पनि समाजको सबै कार्यक्रमहरुमा  निरन्तररुपले समाजलाई सर-सल्लाह र सूझावहरु दिदै सहायता र सहयोग गरिरहनू भएको छ। समाजप्रतिको उहाँको लगावलाई प्रशंसा गर्दै आगामी दिनहरुमा पनि समाजको उद्देश्य प्राप्तिको

समाजद्धारा सम्मान

(समाजको कार्यक्रममा डा' धनकेशर खड्का ज्यू - दायाँ)
आफू र आफ्नो परिवारको लागी सबैले असलै गर्दछन् तर आफ्नो परिवार र आफन्त देखी बाहेक हाम्रै समाजभित्र गरिबीको प्रताडित पिडाभित्र रहेका दु:खीहरुको आवश्यकताको मनलाई बूझ्ने ह्रदयहरु विरलै पाईन्छ ।  यो ठूलो दूनियाको नजरमा रंगिन बनेको नासवान संसारमा थोरैको संख्यामा  पाईने  दुर्लव  मनकारी  ह्रदयहरु  जसले जात, भाषा, धर्म र वर्ण भन्दा माथि उठेर निस्वार्थ ह्रदयले धरान इसाई समाजको सामाजिक कल्याणकारी काममा हातेमालो गर्दै मानवीय सेवाको विभिन्न कार्यक्रमहरुमा सहभागी भई विपन्नताको कारण विवश भई ओझेलमा रहेका गरिब, दु:खीहरुको सहयोग र सहायतामा आफूलाई सहर्ष समर्पित गरेका छन् । ति मनका
(स्वातन्त्र पत्रकार श्री आनन्द क्षेष्ठ ज्यू - बाँया -
समाजले प्रदान गरेको सम्मानपत्र ग्रहण गर्नू हुँदै..)
धनि  विभिन्न पेशामा स्थापित व्यक्तित्वहरुलाई गत ख्रिष्टमस कार्यक्रम २०१७ मा धरान इसाई समाजद्धारा खदा लगाई दोसल्ला ओडाएर सम्मानपत्रद्धारा सम्मान गरि धन्यवाद ज्ञापन गरेका छौ ।

मानिसको जीवन गतिशील छ  अनि यो गतिशील जीवनलाई भौगोलिक दुरिले जहाँ पुरयाएता पनि जीवनको हरेक मोडहरुमा सहयोगी ह्रदयहरुले अनाथ, एकल तथा तिरस्कृत गरिब दु:खीहरुको अभाव र रोदनका चित्कारहरु यसै गरि सधै सूनिरहनूहुनेछ भन्ने विश्वास व्यक्त गर्दै  धरान इसाई समाजको सामाजिक कल्याणकारी काममा स्वर्गीय अंशियारका रुपमा प्रार्थनामा आफ्नो साझेदारी लिनू भएका सम्पूर्ण इसाई अग्रज ज्यू,  धर्मगूरु ज्यूहरु,  सहयात्री तथा सहकर्मी मित्रहरु,  समाजका  संस्थापक ज्यू,  सल्लाहकार  ज्यूहरु लगायत हाम्रा शुभचिन्तक गैरइसाई मित्रहरु, हामीलाई  निरन्तर उत्साह प्रदान

विशेष कार्यक्रम

(पास्टर आकाश श्रेष्ठको बाहूलीबाट सम्मानपत्र ग्रहण गर्नूहुँदै
नर्सिङ् स्टाफ  सिर्जना प्रधान)

धरान इसाई समाजद्धारा बौद्धिक आपाङ्ग (सुस्त मन: स्थिति) विधालय, धरान - १६ मा आयोजित ख्रिष्टमस - २०१७ तथा सम्मान कार्यक्रममा आफ्नो स्वास्थ्यको कारण उपचारमा रहनु भई उपस्थित हुन नसक्नू भएकी वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ् कर्मचारी श्रीमति सिर्जना प्रधान ज्यू, जसले धरान इसाई समाजद्धारा झूम्का कारागारको कैदि बन्दीहरुको निम्ति आयोजना गरेको नि:शूल्क स्वास्थ्य शिविरमा सहभागी भई सहयोग गर्नू भएको थियो । उहाँको यस सहयोगलाई इसाई समूदायको तर्फबाट प्रशंसा र उच्च मूल्याङ्कन गर्दै उहाँलाई आज उहाँकै कार्यकक्षमा भेटेर धरान इसाई समाजको तर्फबाट ईटहरी अनुग्रह चर्चका आदरणिय पास्टर आकाश श्रेष्ठ ज्यूको


अगुवा राजकूमार शाहीबाट समाजलाई जग्गा प्रदान

(अगुवा राजकूमार शाही ज्यू सम्मानपत्र ग्रहण गर्नू हुँदै)
बेलबारी निवासी अगुवा श्री राजकूमार शाहीद्धारा धरान इसाई समाजलाई जग्गा प्रदान गर्नू भएको छ । समाजले गर्दै आएको कामबाट प्रभावित हुनू भएर आगामी दिनमा समाजले आफ्नो उद्देश्य अनूसार अझ सहजरुपले असल कामहरु गर्दै जाउन् र सामाजिक कल्याणकारी काममा इसाईहरुको एउटा अंसियारको रुपमा नेपाली समूदायमा समाजले निरन्तर काम गरुन भन्ने निस्वार्थ मनले समाजमा आफ्नो पनि सहभागीता जनाउदै जग्गा प्रदान गर्नू भएको छ ।
हामी परमेश्वरमा धन्यवादी छौ अनि मनकारी ह्रदयलाई समाजको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छौ । बोलीमा व्याक्त गर्ने शव्द भन्दा व्यवहारमा समाजले आफ्नो उद्देश्यलाई साकार बनाउने कुरामा कूनै शंका छैन । इसाई समूदाय भित्र यो उदाहरणिय कार्य उहाँबाट थालनी भएकोमा गत ख्रिष्टमस कार्यक्रम २०१७ मा समाजले उहाँलाई धन्यवाद दिदै उक्त कार्यक्रममा प्रमुख अतिथि श्री मणिराम श्रेष्ठ ज्यूको बाहुलीबाट दोसल्ला पहिराएर सम्मानपत्र प्रदान गरि सम्मान गरेका छन् ।

डिकन् लक्ष्मण पौेडेलीबाट समाजलाई मिटिङ् टेबल प्रदान

डिकन लक्ष्मण पौडेली ज्यूबाट समाजलाई प्रदान गरेको
मिटिङ् टेबल)
समाजको आवश्यकतालाई महशुस गरि समाजका सल्लाहकार एवम् सदस्य तथा बूढासूब्बा ज्वेलर्स, ईटहरीका प्रोप्राईटर आदरणिय डिकन लक्ष्मण पौेडेली ज्यूद्धारा समाजलाई समाजको कार्यलयको लागी बैठक गर्ने टेबल प्रादन गर्नू भएको छ । उहाँले विगतदेखी नै समाजलाई हौसला प्रदान गर्नुहुँदै समाजको विभिन्न कार्यक्रमहरुमा सक्रियरुपमा सहभागी भई निरन्तर सहयोग, सरसल्लाह र सूझाव दिईरहनूभएको छ । उहाँको यो समाजप्रतिको लगाव, प्रार्थना सहितको सहयोग र मायाको कारण व्यावसायमा व्यस्त रहनू हूँदाहूँदै पनि छोटो समयको लागी ईटहरीबाट समाजले आयोजना गरेको ख्रिष्टमस कार्यक्रम २०१७ मा सहभागी हुन  धरान आउनू भएता पनि कार्यक्रम 


समाजले गरेका कार्यहरु:

  • बौद्धिक अपाङ् विधालयका नानीहरुसंग ख्रिष्टमस कार्यक्रम
(विधालयका विधार्थी भाईबहिनीहरु)
धरान इसाई समाजद्धारा २०७४ साल पाैष १६ गते अाईतबारका दिन धरान उपमहानगरपालिका, वडा न‌‍‌ १६ मा अवस्थित बौद्धिक अपाङ्ग (सुस्त मन: स्थिति) बाल कल्याण विधालयमा क्रिसमस कार्यक्रम सहित नयाँ वर्ष २०१८ सालकाे शुभकामना अादनप्रदान कार्यक्रमको अायोजना गरिएको थियाे। नेपाली राष्ट्रिय गित गाएर शूरुवात गरिएकाो यस कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न‌‌ २ का अध्यक्ष श्री मणिराम श्रेष्ठ ज्यू, पूर्वाञ्चल महिला अपाङ्ग सँघकी सँयोजक श्री भीमा खतिवडा ज्यू क्रमश: प्रमूख अतिथि र विशेष अतिथि सहित समाजका सँस्थापक एवम् सँरक्षकहरु विशप ज्योति थुलुङ् राई ज्यू, पास्टर पर्शू गूरुङ् ज्यू, पास्टर नरहरि साम्पाङ् राई ज्यू,  विधार्थी, अभिभावक, राजनितिक व्यक्तित्व, व्यापारी, डाक्टर र विभिन्न चर्चका


इसाई तथा गैरइसाई मित्रहरुको बाक्लो उपस्थितिमा उक्त विधालयका नानीहरुको निम्ति शैक्षिक तथा खेलकुदका सामग्रीहरुका साथै नानीहरुको लागी सानो ख्रिष्टमस उपहार समाजद्धारा प्रदान गरेका थिए ।  समाजका सचिव श्याम शाही ठकूरीले  सञ्चलान गर्नू भएको यस कार्यक्रमलाई पास्टर नरहरि साम्पाङ् राईज्यूको प्रार्थनाबाट शूरु गरिएकाो थियो। पास्टर महेन्द्र थापाज्यूले उपस्थित सबैलाई स्वागत गर्नू भएको थियो । कार्यक्रमलाई ख्रिष्टमसका भजन गीतहरुले अझ रमाईलो र आशिषमय बनाएका थिए । नेपालको पूरानो धर्मगूरु पास्टर पर्शू गूरुङ्ज्यूले ख्रिष्टमसको वचन सूसमाचारको रुपमा पवित्र 

ख्रिष्टमसको उपलक्ष्यमा भोजपूरकी १४ वर्षिया बालिकालाई अार्थिक सहयोग

भोजपूरमा बलात्कारपछि एउटा अाँखा निकालेर घाँटी रेटिएकी १४ वर्षिया पिडित बालिकालाई ख्रिष्टमसको उपहार स्वारुप धरान इसाई समाजद्धारा अार्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणपछि नानीसँग फोटो खिचाउदै नेका, सुनसरी क्षेत्र नं. २ का अध्यक्ष श्री मणीराम श्रेष्ठका साथ समाजका पदाधिकारीहरु ।

झूम्का कारागारमा नि:शूल्क स्वास्थ्य शिविर

(डा. विवेक कट्टेल ज्यू शिविरमा विरामी जाँच्दै)
समाजद्धारा सूनसरी जिल्लाको झूम्का कारागारमा भएका कैदि बन्दिहरुको लागी नि:शूल्क स्वास्थ्य शिविर संञ्चालन गरेका थिए ।  वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका वरिष्ठ डाक्टर प्रा.डा. स‌ँजिव कूमार शर्मा (मूटू रोग विशेषज्ञ एवम् ईन्टरनल मेडिसिन विभागका विभागीय प्रमुख),  डा धनकेशर खड्का (चर्म तथा यौनरोग विशेषज्ञ), डा विवेक कट्टेल (ईन्टरनल मेडिसिन)सहित ८ जना डाक्टर तथा नर्सिङ् स्टाफ र प्राविधिकहरुले ७२८ जना कैदि बन्दिहरुकाे उपचार गरेका थिए । विहान ९ बजे देखि बेलूका ४ बजेसम्म शिविर सञ्चालन गरिएको थियो । शिविर समाप्त भएपछि अर्थात बेलूकी ४ बजेपछि कारागारका अान्तरीक प्रशासक ज्यूबाट कार्यक्रम अायोजना गरि सहभागी सबैलाई धन्यवाद सहित मायाको चिनो उपहारको रुपमा प्रदान गर्नू भएको थियो ।

नक्सलवारीमा लत्ता कपडा वितरण

(बाढीपिडितलाई लत्ता कपडा तथा झूल वितरण गर्दै बिकाश परियार)
मोरङ् जिल्लाको बेलवारी नगरपालिकामा अवस्थित नक्सलवारी भन्ने ठाउँमा समाजद्धारा त्यहाँ बाढीकाे कारण घरबार विहिन भएका ३६ घर-परिवारहरुलाई लत्ताकपडा तथा झूल वितरण गरेका थिए । विभिन्न चर्चहरुबाट प्राप्त सहयोगहरुलाई जम्मा गरेर बाढि पिडितहरुलाई समाजले सहयोग गरेको हो । उक्त कार्यकाे लागी त्यहाका स्थानीय अगूवा राजकूमार शाहीले समन्यकारी भूमीका निभाउनू भएको थियो भने समाजका कार्यकारीणी सदस्य अशोक शाहीले समाजलाई उक्त स्थानको अवस्थाको बारेमा जानकारी गराउनू भएको थियो । परमेश्वरले हामी सबैलाई आशिष दिउन् ।

ईटहरी उपमहानगरपालिकाको वाढी प्रभावित क्षेत्रमा समाज

(बाढीले भत्काएको भग्नावेशहरु हटाएर सर-सफाई गर्दै)
धरान इसाई समाजद्धारा ईटहरी उपमहानगरपालिका वडा नं. १० को बस्तिमा बाढिले भत्काएको भग्नावेशहरु हटाएर उक्त क्षेत्रमा सरसफाई गरि औषधी छर्कने कार्य गरेका थिए ।  धरान इसाई समाजको अाव्हानमा धरानका विभिन्न चर्चहरुबाट १५० जना सँयमसेवकहरुले  विहान देखी निरन्तररुपले बेलूकी ५ बजेसम्म उक्त क्षेत्रमा काम गरेका थिए । समाजले उक्त कार्यमा सहभागी संयमसेवक सबैको लागी सोही स्थानमा खानाको व्यावस्था गरेका थिए । खाना पकाउनको लागी धरान अनुग्रह चर्चका डिकन मार्टिन गूरुङ् र तिर्थ आलेमगर सहित अनूग्रह चर्च, ईटहरीका पास्टरनी आमा श्रीमति मेगिता श्रेष्ठ ज्यूको

पूर्वाञ्चल बहिरा विधालयलाई समाजको सहयोग

(पूर्वाञ्चल अपाङ्ग महासंघका अध्यक्ष श्री राम कार्की ज्यू
कार्यक्रम स्थलमा प्रवेश गर्नू हुँदै)
धरान इसाई समाजले सामाजिक कल्याणकारी कामको संस्कारको रुपमा प्रत्येक साल गर्दै आएको कार्यक्रम यसपटक २०१६ सालको ख्रिष्टमस कार्यक्रम धरान १६ स्थित पूर्वाञ्चल बहिरा विधालयमा आयोजना गरयो । यस कार्यक्रममा  प्रमुख अतिथि रहनू भएका पूर्वाञ्चल अपाङ्ग महासंघका अध्यक्ष श्री राम कार्की ज्यूको प्रमूख आतिथ्यतामा उनीहरुको मानसिक, शारीरिक तथा बौद्धिक विकाशको निम्ति शैक्षिक, खेलकूद तथा किचनका समानहरु थाल, गिलास, भाडा, कराई, म्याट, झूल, फूटबल, भलिबल, स्किपिङ्ग, रासन, स्वीटर, पञ्जा, मोजा, पानीको पाईप, कपि, पेन्सिल लगायतका समानहरु प्रदान गरेका थिए । कार्यक्रममा  उत्साहित बनेर रहेका विधालयका विधार्थी, अभिभावक र शिक्षकहरु सहित विधालयका


पूर्वाञ्चल ज्ञान चक्षु विधालयमा समाजको ख्रिष्टमस उपहार

(एक जना विधार्थी नानी समाजद्धारा crutches पाएपछि खूशीभएर
हिडन प्रयास गर्दै साथमा विधालयकी प्रन्सिपल श्री केशरी थापा,
 डा. अमित लिम्बू, सचिव श्याम शाही ठकूरी र बूद्धिराज राई
यि नानीलाई ईटहरीमा रडबोकेको ट्याक्टरले आँखा छेडेर खूट्टा
समेत नचल्ने भएका थिए ।)
धरान - १५ पूर्वाञ्चल ज्ञान चक्षु विधालय (दृष्टिविहीन, न्यून दृष्टि लगायत बहूअपाङ्ग बालबालिकाहरुको लागी विशेष विधालय) मा धरान इसाई समाजले एउटा छुट्टै आनन्द र रमाईलोमा २०१४ सालको ख्रिष्टमस कार्यक्रमको आयोजना गरयो ।

डा तिर्थ थापा ज्यूको प्रमूख आतिथ्यता र नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष ज्यूको विशेष आतिथ्यतामा उहाँहरुकै बाहुलीबाट विधालयमा अध्ययनरत नानीहरुलाई उनीहरुको बौद्धिक तथा शारीरिक बृद्धि विकासको निम्ति शैक्षिक तथा खेलकुदका सामग्रीहरुका साथै औषधी, साईकल, walker, crutches, पाेते, व्यायम गर्ने ठूलो बलहरु, फूटबल, तन्ना, खेलौना राख्ने बास्केटहरु, कपि, विभिन्न प्रकारका खेलौनाहरु दिएको छ । उक्त कार्यक्रमको खूशियालीमा ख्रिष्टमस केक काटेर उपस्थित सबैले यसको

मूलघाट धार्मिक वनमा वृक्ष रोपण तथा विश्रान्ति वृद्धा आश्रममा खाजाको packet वितरण

धरान देखी करीब ३७ कि.मी. उत्तरमा पर्ने अति रमनिय पहाडी घुमाउँरो बाटो हूँदै पूगिने धनकूटा जिल्लाको मूलघाट (तमोर) क्षेत्रमा रहेको धार्मिक वनमा धरान इसाई समजको आव्हानमा चर्चहरुबाट ७५ जना सदस्यहरु वृक्ष रोपण कार्यमा सहभागी भएका थिए ।
(धार्मिक वनको अध्यक्षको साथमा वृक्षरोषण कार्यक्रममा)

समाजको उद्देश्य अनूसार वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यको लागी  ईटहरी उपमहानगरपालिकाको वन कार्यलयबाट समाजका शूभचिन्तक तथा हाम्रा मित्र, नेपाली काँग्रेस, सूनसरी क्षेत्र नं. २ का अध्यक्ष श्री मणीराम श्रेष्ठ ज्यूले विभिन्न जातजातिका ११५ वटा विरुवाहरु उपलव्ध गराउँनू भएको थियो ।

समाजले वृक्षरोपण स्थलमा पूगेर प्रार्थनाबाट आफ्नो  कार्यक्रमको थालनी गरेका थिए । वृक्षरोपणको फाईदा तथा यसले वातावरणमा ल्याउने सूधारका कुरा बोल्नू हूँदै उक्त धार्मिक वनका अध्यक्ष श्री शंकर दाहाल ज्यूले उपस्थित सबैको सामू धरानबाट यो रित्तो पहाडलाई सम्झेर यसलाई हरियाली बनाउन    वृक्षरोपणमा  अाउनू  भएकोमा  धरान  इसाई  समाजलाई हार्दिक   धन्यवाद  ज्ञापन गर्नू भयो ।  यस 

शारीरिक अपाङ्गको सिफारीसपत्र अस्पतालबाट


आयोडिन सम्बन्धि अनूसन्धान गर्न गाउँ गाउँ जानू भएका समूहमा B.Sc.MIT मा अध्ययनरत विधार्थी एवम् धरान इसाई समाजका सदस्य विक्रम राउत पनि हुनुहुन्थ्यो । उहाँ मार्फत समाजलाई एउटी ९ वर्षीय बालिका जन्म देखी नै शारीरिक रुपमा अपाङ्ग छन् भन्ने जानकारी प्राप्त भएको थियो । धरान आउनूभएपछि समाजको एउटा बैठकमा उक्त नानीको लागी समाजले केही सहयोग गर्न सक्छ की ? भन्ने प्रश्न उहाँले समाजमा उठाउँनू भएको थियो । समाज यस्तैहरुको सेवा गर्नको लागी समर्पित भएको हुनाले ति बालिकालाई समाजले गर्नसक्नेजति सहयोग गर्ने निर्णय गरयो । तत्पश्चात नानीको अभिभावकसँग सम्पर्क गरेर सबै कूरा बूझ्ने उद्देश्यले  समाजले  त्यस गाउँका विधालय  तथा  विभिन्न व्यक्तिहरु  मार्फत बालिकाको अभिभावकलाई सम्पर्क गर्न समाज सफल भयो । यस कार्यमा उक्त स्थानका प्रधानध्यापक ज्यू र पूर्वाञ्चल अपाङ्ग महासंघका अध्यक्ष श्री राम कार्की ज्यूले हामीलाई सहयोग गर्नू भएको थियो । अन्तमा, अभिभावक सहित नानीलाई धरानमा बोलाएर उपचार गर्नको लागी वि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बालरोग विभाग, हाडजोर्नी विभाग र आँखा विभागमा मार्फत  समाजले विभिन्न  चिकित्सकहरुसँग  परामर्स

विरामी उपचारमा समाज

विभिन्न ठाउँका चर्च तथा त्यहाँका धर्मगूरुहरु मार्फत वा कूनै गैरइसाई समूहहरु मार्फत अाएर धरान इसाई समाजको सहयोगमा उपचार गराउँने गरिव तथा असाहय विरामीको संख्या 50 काटिसकेको छ । यो सम्पूर्ण इसाईहरुको निम्ति परमेश्वरमा गर्व गर्ने ईनाम हो । परमेश्वरले समाजलाई उहाँको महिमाको निम्ति यस्तो स्थान दिनू भएको छ की धरान इसाई समाजको निम्ति सामाजिक कल्याणकारी काम गर्ने यो सूनौलो अवसर हो । यति हूँदा हूँदै पनि हामीलाई अनूरोध गरे अनूसार हामीले धेरै पटक धेरै अवस्थाहरुमा आईसियू को समस्या भोगीरहेकाछौ । यसको निम्ति साथै समाजको सबै जाति, भाषा, वर्ण धर्म र बर्गको निम्ति  हातेमालो गर्दै सकेसम्म  सामाजिक सेवा  गर्ने उद्देश्यमा सफल बन्न तपाईहरुको प्रार्थनाको आवश्यकता भएको हुँनाले हाम्रो कामको निम्ति प्रार्थना गरिदिन हुन सबैमा हार्दिक अनूरोध गर्दछौ । साथै उपचारको क्रममा उपचार गर्ने चिकित्सक ज्यूहरु, नर्सिङ् कर्मचारी तथा मेडिकल प्राविधिक सहित उपचारमा सँलग्न सबैसँग असल व्यवहार प्रस्तूत गरि बाइबलको वचन अनुसार उदाहरणीय जीवन प्रस्तूत गरि हामी सबैलाई म एक असल इसाई हूँ भनेर गर्व गर्ने स्थान बनाउन समेत सबैमा विनम्र अनुरोध गर्दछौ ।  परमेश्वरले हामी सबैलाई प्रशस्त आशिष दिउन् । धन्यवाद ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियूक्त अस्पताल निर्देककज्यूसँग समाज

धरान इसाई समाजको आयोजनामा धरानका केहि चर्चहरुका धर्मगूरुहरु सहित समाजका पदाधिकारीहरु भेला भएर वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका नव नियूक्त हुनूभएका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाहज्यूलाई उहाँको कार्यकक्षमा भेटघाट गरेकाछन् ।
(अस्पताल निर्देशक ज्यूलाई फूलको गूच्छा दिनूहूँदै
 विशप ज्योती थुलुङ्र राई)
उहाँ बालरोग विशेषज्ञ समेत हुनुहुन्छ । उक्त भेटमा सर्वप्रथम समाजका संस्थापक एवम् संरक्षक विशप ज्योती थुलुङ् राईज्यूले नव नियूक्त हूनूभएका अस्पताल निर्देशक ज्यूलाई समाजको तर्फबाट फूलको गूच्छा दिएर खदा लगाई बधाई ज्ञापन गर्नू भएको थियो । त्यसपछि सहभागी सबैले खदा ‌‌‍ओडाएर बधाई दिएका थिए ।

शोकाकूल परिवारलाई समाजको साथ

(दफन कार्यमा समाजका संयमसेवकहरु कामगर्दै)
धरानमा धेरै चर्चहरु छन् । कति चर्चहरु सदस्यहरुको संख्याले त कति  भौतिक संरचनाले ठूला छन् भने कति चर्चहरु चर्चका सदस्य संख्या र भौतिक संरचना दुईवटै कुरामा साना साना छन्  तर समाजको नजरमा सबै समान छन् । त्यसैले समाजले गर्ने सहयोग पनि समान नै हुँदछ । समाजले गर्ने सामाजिक काम सकेसम्म सबै जाती, वर्ण, धर्म, भाषा र वर्गको लागी लक्षित रहेको छ।  यसैक्रममा आवश्यकता परेको अवस्थाहरुमा धरान इसाई समाजका संयमसेवकहरु दू:ख र शोकको समयमा समेत सहभागी भएका छन् ।  यो हाम्रो प्रयास हो । परमेश्वरको महिमाको  खातिर धरान इसाई  समाज  आवश्यकतामा परेकाहरुको साथमा सधै  रहनेछ ।   धरान

समाजद्धारा प्रार्थना सभाको आयोजना

हामी इसाईहरुले जे सिकेका र जानेका छौ आवश्यकतामा पर्दा  त्यहि नै  हाम्रो समाजलाई हमीले दिनूपर्छ भन्ने जानेर हाम्रा सम्पूर्ण दाजूभाई तथा दिदीबहिनिहरुको निम्ति शोकलाई शक्तिमा परिर्वतन गर्न हामीले यो कार्यक्रमको आयोजना गरेका हौ ।  हाम्रो देशमाथि आईपरेको संकष्टको समयमा हामी सबै समुदायबाट आ-आफ्नै शैलीमा हातेमालो गर्दै एक भएर अगाडी बढ्यौ भने जस्तोसूकै समस्यबाट पनि हामीले मूक्ति पाउने कूरामा कूनै दूईमत छैन । हामी इसाईहरुलाई परमेश्वरमाथि यहि कूरामा पूर्ण विश्वास र भरोसा छ ।  हाम्रो प्यारो सुन्दर देश नेपालमा ई.सम्वत २०१५ साल अप्रेल १५ तारीख शनिवारका दिन नेपाली समय अनुसार दिउसो ११:५६  मा गएको महाप्रलायकारी भूकम्पले ठूलो जनधनको क्षति पूरयाएको थियो । यहि भूकम्पका कारण नेपालीको खूशी हराएको थियो । हाँसो लूटिएको थियो।
भूकम्पको पिडा र निरन्तरको झड्काले हतास बनाएर नेपाली मन र जनमानसलाई त्रसित बनाएईरहेको संमवेदनशील समयमा धरान इसाई समाजले धरानको मूटू भानूचौक, मूख्य बजारमा बेलूकी ६ बजे नेपालको चित्र बनाई त्यसको किनारामा मैनबत्ति बालेर वृहत प्रार्थना सभा गरेका थिए । धरान इसाई समाजको आयोजनामा धरानका विभिन्न चर्चका इसाई आस्थामा अग्रज धर्मगूरुज्यू तथा सदस्यहरु भेला भएर भूक्म्पमा ज्यान गूमाएका परिवारको निम्ति, अङ्गभङ्ग भई धाईते भएकाहरु, उद्धारकार्यमा लाग्नू भएका राष्ट्रिय सेवकहरु नेपाली सेना, ससश्त्र प्रहरी,  जनपथ प्रहरी, रेडक्रस सहित विभिन्न संघ-संस्था र त्यसमा आवद्धहरुलाई परमेश्वरले सूरक्षा गरुन र शोकलाई शाक्तिमा परिणत  गरि  धैर्यधारण  गर्ने  शक्ति परमेश्वरले प्रदान  गरुन र  उहाँको  अनूग्रह  रहेको  होस्  भनी  प्रार्थना  गरेका  थिए ।

धरानको पिउने पानीको मूहान सर-सफाईमा समाज

(खोला सर-सफाईमा व्यास्त)
वातावरण तथा पर्यटन विकास केन्द्र, धरानको आव्हानमा " विश्व वातावरण दिवश २०१५" का दिन धरान इसाई समाजद्धारा धरानको पिउने पानीको मुहान सर्दू जलाधार क्षेत्रको सर-सफाई तथा वृक्षरोपण कार्यक्रम  गरियो ।

       धरानका विभिन्न चर्चहरुबाट उक्त कार्यमा जानको लागी १०० जना भेला भएर बसद्धारा उक्त ठाउँमा गएर ३२ बोरा फोहर खोलाबाट बाहिरा निकाली जलाएका थिए । उक्त  खोलाको ७ किलो मिटर लामो दूरीलाई सरसफाई गर्न बिहान ७ बजे देखी खटिएका सबैको निम्ति वातावरण तथा पर्यटन विकास केन्द्र, धरानद्धारा खानाको व्यवस्था गरेका थिए । खोला सर-सफाईको काम सहभागी सबैको निम्ति जीवनमा पहिलो अनूभव थियो भने सहभागी सबैले अत्यन्तै मेहेनतकासाथ रमाईलो वातावरणमा खोलाको सर-सफाई गरेका थिए । भानूचौकबाट उक्त स्थानमा जानको लागी रिजर्व बस नि:शूल्क उपलव्ध गराई दिनुहुने हाम्रा मित्र श्री गोपाल श्रेष्ठ ज्यू सहित सहभागी सबैलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ।




धरान ११ को ३२ कोठेमा समाजद्धारा लत्ताकपडा वितरण

(लत्ताकपडा वितरण गर्न जाँनूहूँदै
पास्टर ज्यूहरु..)
धरान पूर्वको धनि शहर भनेर सूनिएको भएता पनि यहाँ अन्य शहरहरु जस्तै विभिन्न वर्गका ईमान्दर, सोझा सबै वर्ग, भाषा, धर्म र वर्णका मानिसहरु  एक-आपसमा मिलेर बसोबास गरेकाछन् । यो ठूलो शहरभित्र पनि धरान इसाई समाजले आवश्यक आवश्यकतामा परेकाहरुलाई पहिचान गरि परमेश्वरको प्रेममा रहेर सहयोग गर्दछ । यसै सिलसिलमा धरान ११ स्थित ३२ कोठे नाउँले परिचित एउटा सानो बस्ति छ ।  त्यस बस्तिमा विशेषगरि दैनिक ज्याला मजदूरी गर्ने निम्न वर्गका परिवारहरु कोठा बहालमा लिएर बसोबास गर्दछन् । त्यहि सुन्दर बस्तिमा धरान इसाई समाजले आफ्नो स्थापनापछिको पहिलो सहयोगी हात बढाउने विचार गरयो । यस बस्तिको अवस्थाको बारेमा समाज अनभिज्ञ रहेता पनि यसै बस्ति नजिक रहनू भएका धरान जैतून चर्चका पास्टर तथा समाजका सल्लाहकार ज्यूले यस बस्तिको सम्बन्धमा सूक्ष्म तथा विस्तृत जानकारी समाजलाई दिनूभई त्यसमा सहयोगको खाँचो रहेको कूरा भन्नू भयो । परमेश्वरको गवाहि र साक्षिको निम्ति अनि उहाँकै महिमाको निम्ति सामाजिक कल्याणकारी यात्राको पहिलो गन्तव्यको रुपमा यस्ता आवश्यकतामा परेकाहरुलाई सहयोग गर्नूपर्छ भन्ने समाजको निर्णय 

मूल पाठ